बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
कर्णालीको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये १ जना वर्षदिनका बालक, ६ पुरूष र १ महिला छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। पछिल्लो समय भारतबाट प्रदेशमा नागरिकहरू फर्किने क्रम ह्वात्तै बढेको छ। अहिलेसम्म संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट आएकाहरू छन्।
कर्णालीमा मंगलबार १२ र बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९७७ पुगेको छ।