नेपाली सेनाका एक उच्च अधिकारीसहित दुई जना कोरोनामुक्त भएका छन्।
मध्यपूर्वी पृतना रौतहटमा कार्यरत दुबै जना कोरोनाबाट निको भएका नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।
'उहाँहरू दुबै जनाको रिपोर्ट नेगेटिभ आएको छ,' उनले भने।
गत जेठ ३ गते मध्यपूर्वी पृतनाका एक उच्च सैनिक अधिकारीसहित दुई जनामा संक्रमण पुष्टि भएको थियो।
अर्का एकजना भने सेनाकै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी हुन्।
उनीहरूको काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिएको थियो।
पृतनका उच्च अधिकारीसहित दुई जनामा संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका व्यक्तिहरूको समेत परीक्षण गरिएको थियो।
बाँकीको भने संक्रमण पोजेटिभ देखिएको थिएन।