धनुषामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनुषामा शनिबार थपिएका आठ जना संक्रमित थपिएका थिए। तीमध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा बनाइएको क्वारेन्टिनको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।
त्यस्तै उक्त क्वारेन्टिनकै सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा पनि कोरोना देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
‘एक जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मीसहित शनिबार आठ जनामा कोरोना पुष्टि भयो,’ उनले भने।