नेपालकै सबभन्दा लामो जात्राका रूपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा सुरू भएको छ।
बिहीबार ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको छ। मच्छिन्द्रनाथको रथ प्रवेश गराउँदा पुल्चोकमै निर्मित मिननाथको रथले स्वागत गर्ने चलन रहेको छ।
ललितपुरस्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करूणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरेर रथमा राखिएको हो।
साँझ मूर्तिको रथारोहण गरिएको थियो। त्यसपछि झन्डै दुई महिने लामो उक्त जात्रा औपचारिक रूपमा सुरू हुने गर्दछ।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ।
रातो मच्छिन्द्रनाथ जात्राभर करिब १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ। नेवार समुदायका बोसी परिवारले गोदावरी जंगलबाट ल्याएको काठलाई तःबहालमा आवश्यक रूप दिने गर्दछन्।
लिच्छवी राजा नरेन्द्र मल्लले लोककल्याणका लागि पाटनका विभिन्न सीपका नेवार समुदायको सामूहिक प्रयासमा ३२ हात लामो रथ निर्माण गर्न लगाएका थिए।
किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरू गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजा समेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको मानिन्छ।
मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरूको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ।
तस्बिरहरूः
-1715264534.jpg)
-1715264534.jpg)
-1715264534.jpg)
-1715264534.jpg)
-1715264533.jpg)
-1715264533.jpg)
-1715264533.jpg)
-1715264533.jpg)
-1715264532.jpg)
-1715264532.jpg)
-1715264532.jpg)
-1715264532.jpg)
-1715264531.jpg)
-1715264531.jpg)