बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत थप ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
उक्त उद्योगमा कार्यरत सुरक्षा गार्डदेखि लिएर सुपरभाइजर सहितका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
जसमध्ये एक जना सुरक्षागार्ड, १ जना सुपरभाइजर, १ जना ल्याब असिस्टेन्ट, १ जना ट्रयाक्टरका सहचालक र सात जना भारतीय मजदूर छन्।
आफूहरूको कोरोना परीक्षण हुनुपर्ने माग गर्दै उद्योगमा कार्यरत कर्मचारी र मजदूरहरू आन्दोलनमा उत्रिएपछि उद्योग प्रशासनले साउन २५ गते काठमाडौंको टोली बोलाएर आफ्ना १ सय २३ जना मजदूरहरूको स्वाब परीक्षण गराएको थियो।
जसमध्ये आज आएको नतिजामा ४ जना नेपाली र ७ जना भारतीय गरी ११ जनामा कोरोेना पोजेटिभ देखिएको उद्योगमा कार्यरत कर्मचारी युनियनका सचिव दिपक कार्कीले जानकारी दिए।
संक्रमण पुष्टि भएका मजदूरहरूलाई स्थानीय सिमराकै एक होटललाई क्वारेन्टिन बनाई राख्ने तयारी भएको सचिव कार्कीले बताए।