बुटवलमा बुधबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनलाई कोरोनासँगै एचआइभी संक्रमण तथा लिभर, दम, मिर्गौला, लिभर र ज्वरोको समेत समस्या थियो।
स्वास्थ्य समस्या बढेपछि असोज १२ गते आइसोलेसनमा भर्ना भएका उनको बुधबार विहान सवा ९ बजे मृत्यु भएको हो।