बाँकेमा बिहीबार थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाँकेकी ६५ वर्षीया महिलाको बिहीबार दिउँसो मृत्यु भएको हो।
नेपालगञ्ज मेडिकल कलेजमा वैशाख ७ गते पिसिआर परीक्षण गराएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
वैशाख ८ गते भर्ना भएकी उनको बिहीबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
त्यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।
उनको बिहान २ बजेर १५ मिनेटमा मृत्यु भएको वलीले जानकारी दिए। योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ।