बैंकिङ कसुरमा १७ लाख ७० हजार रूपैयाँ जरिवाना र दस दिन कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
झापा मेचीनगर-७ का ४१ वर्षीय पुष्पराज ढुंगानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो।
उच्च अदालत विराटनगरले २०७६ फागुन ११ गते ढुंगानालाई जरिवाना र कैद सजायको फैसला सुनाएको थियो। ढुंगानालाई पीडित राहत कोषमा ७० हजार ८ सय रूपैयाँ दाखिला गर्नुपर्ने पनि फैसला भएको थियो।
पक्राउ परेका ढुंगानालाई सजाय भुक्तानको लागि चन्द्रगढी कारागार चलाउन गरिएको छ।