प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
सभामुख सापकोटाले बैठक बोलाएको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
उनका अनुसार बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बोलाएका हुन्।
आइतबार सत्तारूढ दल तीन दलका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका छन्।
सो प्रस्ताव दर्ता भएसँगै आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेको लागि स्थगित गरेको छ।