काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको छ।
मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको पाइएपछि महानगरले हटाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
शाहका अनुसार उक्त होर्डिङ बोर्ड अनुमति विना राखिएको छ।
‘त्यो डिजिटल मार्केटिङ होर्डिङ बोर्ड अनुमति नलिएरै राखिएको रहेछ,' उनले भने,' त्यहीँ भएर हामीले हटाएका हौं।'
पछिल्लो समय महानगरपालिकाले अनधिकृत संरचनाहरू भत्काउने र अल्टिमेटम दिने काम गर्दै आएको छ।