काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा बिहीबार दिउँसो चार वटा सवारी साधन आपसमा ठोक्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका दिउँसो सवा २ बजेतिर एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी ८ जना घाइते भएका छन्। तीमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए।
दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ।
प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, १६:३९:००