जारी इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले तुलनात्मक रूपमा कमजोर क्रिस्टल प्यालेससँग २-१ को अप्रत्यासित हार बेहोरेको छ।
शनिबार भएको खेलमा प्यालेसले १-१ को बराबरीमा रहेको अवस्थामा युनाइटेडलाई अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै हार चखाएको हो।
वल्ड ट्राफोर्डको मैदानमा प्यालेसको सन् १९८९ यताको पहिलो जित हो।
शनिबारको खेल म्यानचेस्टरका लागि सोचेजस्तो भएन। खेलमा पहिलो अग्रता क्रिस्टल प्यालेसले लिएको थियो। प्यालेसले खेलको ३२ औं मिनेटमा जोर्डन एयुको गोलमा अग्रता लियो।
त्यसपछि पहिलो हाफमा १-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले बराबरीका लागि खेलको ८९ औं मिनेटसम्म कुर्नुपर्यो। ड्यानियल जेम्सको गोलबाट बराबरी गर्दै सम्भावित हारबाट आफूलाई सुरक्षित गर्यो।
तर उसको हारबाट जोगिने प्रयास क्रिस्टल प्यालेसका लागि अतिरिक्त समयको तेश्रो मिनेटमा प्याट्रिक भान एनाहोइटको गोलले चक्नाचुर पारिदियो।
त्यसअघि खेलको ७० औं मिनेटमा प्राप्त पेनाल्टीलाई युनाइटेडले गुमाएको थियो। मार्कस र्यासफर्डले पेनाल्टीको सदुपयोग गर्न सकेनन्।
फलस्वरूप म्यानचेस्टर युनाइटेडले खेल २-१ ले गुमायो।