प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ।
भदौ २७ गते हुने एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभागी हुँदैछन्।
प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टुदेखि स्नातकोत्तरसम्मका विद्यार्थीले खेल्ने छन्।
विजेता टिमलाई एक लाख पचास हजार बराबरको टुर प्याकेज प्रदान गरिने आयोजकले बताएको छ। जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङसहित काठमाडौं पोखरा दुईतर्फी यातायात र खाने बस्ने सुविधा रहेको छ।
त्यस्तै, रनरअप टिमले ५० हजार बराबरको धुलिखेल जिपलाइनको प्याकेज प्राप्त गर्ने छन्।
उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए।
धन्यन्तरी फुटसल हाँडीगाँउमा हुने प्रतियोगिता प्ले नेपालले हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो।