बार्सिलोनाका फरवार्ड लिओनल मेसीले ‘द वेस्ट फिफा फुटबल अवार्ड’ जितेका छन्। मेसीले फिफा अवार्ड जितेको यो छैटौं पटक हो।
मेसीले विश्वभरबाट आएको भोटको आधारमा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछि पारेर अवार्ड हात पारेका हुन्।
विश्वभरबाट गरिएको भोटिङ चार तरिकाबाट भएको थियो। जसमा राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय टिमका प्रशिक्षक, देशको एक मिडिया र फ्यानले भोट गरेका थिए। चारै क्षेत्रको भोटलाई २५–२५ प्रतिशत हिस्सा दिइएको थियो।
जसमा नेपालबाट पनि भोट गएको थियो। फ्यानका लागि अनलाइन भोटिङ भएको थियो। योबाहेक तत्कालिन राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रशिक्षक योहान कालिन र द काठमाडौं पोस्टका पत्रकार रितेश रिजालले नेपालकोतर्फबाट भोट गरेका थिए।
मनोनयमा परेका दश मध्ये तीन जनालाई भोटिङ गर्न सक्ने प्रावधान थियो। जसमा पहिलो नम्बरमा भोट पाउनेले १२ अंक, दोस्रो नम्बरमा भोट पाउनेले १० अंक र तेस्रो नम्बरमा भोट पाउनेले ८ अंक पाउने व्यवस्था थियो।
यहि आधारमा विश्वभरबाट भएको भोटिङमा मेसी उत्कृष्ट खेलाडी बनेका थिए।
तत्कालिन कप्तान विराज महर्जनको भोट
वर्ष खेलाडी
क्रिस्टियानो रोनाल्डो
लिओनल मेसी
भर्जिल भान डाइक
वर्ष प्रशिक्षक
जुर्गेन क्लोप
पेप ग्वार्डिओला
पोचेटिनो माउरिसियो
प्रशिक्षक योहान कालिनको भोट
वर्ष खेलाडी
लिओनल मेसी
क्रिस्टियानो रोनाल्डो
भर्जिल भान डाइक
वर्ष प्रशिक्षक
जुर्गेन क्लोप
पेप ग्वार्डिओला
टेन हान इरिक
द काठमाडौं पोस्टका पत्रकार रितेश रिजालको भोट
वर्ष खेलाडी
लिओनल मेसी
केलियन एमबाप्पे
भर्जिल भान डाइक
वर्ष प्रशिक्षक
जुर्गेन क्लोप
पेप ग्वार्डिओला
पोचेटिनो माउरिसियो