अखिल नेपाल फुटबल (एन्फा) ले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ।
एन्फाले मंगलबारदेखि लागु हुने गरी दिपेशलाई एन्फाद्वारा आयोजना हुने वा एन्फाको स्वीकृतिमा संचालन हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेल खेल्नका प्रतिबन्ध लगाएको हो।
दिपेशले सिजनको सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पाविरुद्धको खेलमा अनुशासनहिन व्यबहार गरेको एन्फाले जनाएको छ। एन्फाको अनुशासन समितिको बैठकले उनलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने पनि निर्णय गरेको छ।
यस्तै हिमालयन शेर्पाका गोलकिपर मिनबहादुर बस्नेतलाई भने एक पटकका लागि सुध्रने मौकासहित कडा चेतावनी दिएको एन्फाले जनाएको छ।
शेर्पाकै म्यानेजर बिजेन्द्र पुडासैनीलाई अनुशासनहिन काम गरेको भन्दै ३० हजार जरिवान र तीन महिना प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।
शेर्पा र सरस्वतीबीचको खेल सरस्वतीले ४-३ ले जितेको थियो। यो नै सरस्वतीले लिगमा हात पारेको पहिलो जित थियो। ७ गोल भएको खेलमा सबैले फिक्सिङको आशंका गरिएको थियो।
खेलमा एन्फाले छानविन गरेर सरस्वतीका कप्तानलाई कारबाही गरे पनि फिक्सिङ भएको वा नभएको विषयमा केहि खुलाउन चाहेको छैन।
सिजनको लिगमा शेर्पाले दशौं स्थान हात पार्दा सरस्वती अन्तिम स्थान (१४औं) मा रहदै रेलिगेशनमा परेको थियो।