नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गएको वर्ष झिनो बृद्धिदर कायम भएको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १.४ प्रतिशतले बढेर ५३ करोड ५ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीले ५२ करोड ३२ लाख खुद नाफा आर्जन गरेको थियो।
कम्पनीले बीमा शुल्क आर्जन अघिल्लो वर्षको तुलनामा बढाएको छ। विवरणअनुसार कम्पनीले २७ अर्ब ६२ करोड शुल्क संकलन गरेको छ।
५ अर्ब ४९ करोड चुक्ता पुँजी भएको कम्पनीको अतिरिक्त जगेडा ३ अर्ब ५० करोड रहेको छ।
८७ अर्ब २ करोडको जीवन बीमा कोष रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९.६५ रुपैयाँ रहेको छ।