'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल' मा नेपाली सर्ट फिल्म आइसक्रिम प्रदर्शन हुने भएको छ। संगीता श्रेष्ठ निर्देशित यो फिल्म नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलको पहिलो दिन प्रदर्शन हुनेछ।
बाल यौन शोषणलाई विषय बनाइएको फिल्ममा सडकमा माग्दै हिँड्ने बालिकाको कथा छ। भूमिका योगिशा खत्रीको मुख्य भूमिका रहेको फिल्म ९ मिनेट लामो छ।
संगीता 'कथा काठमाण्डू' फिल्मकी निर्देशक हुन्। 'आइसक्रिम' अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', बेलायतको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको 'इन्टिमलेन्ट फिल्म फेस्टिभल' र नेपालको 'मानव अधिकार फिल्म फेस्टिभल २०२०' मा छनोट भइसकेको छ।
हेर्नुस् 'आइसक्रिम' को टिजर-