गायिका स्वस्तिका ढकाल र गायक समीर आचार्यको स्वरमा ‘चकलेटी स्याउ’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
अर्जुन पोखरेलको संगीतमा बनेको यो गीतको शब्द दिनेशराज पुरीले लेखेका छन्। शान थापाले निर्देशन गरेको भिडिओमा सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ।
डान्सिङ नम्बरको यो गीतको भिडिओ हाल युट्युब ट्रेन्डिङको १८औं स्थानमा छ। मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाइँको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी छ।