नमूना कलेज अफ फेसन टेक्नोलोजीका २१औं ब्याचका स्नातक डिजाइनरहरूले 'अनन्तरूपवितानम्' शीर्षकमा फेसन शो आयोजना गरेका छन्।
'जर्नी अफ फेसन' अवधारणामा आधारित उक्त फेसन शोले नेपाली कला, संस्कृति, परम्परा र सम्पदालाई आधुनिक फेसनमार्फत प्रस्तुत गरेको छ।
'कस्मिक थ्रेड्स अफ हेरिटेज : नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स' मूल विषय रहेको शोमा नेपाली पहिचान र पुर्ख्यौली सीपलाई समकालीन डिजाइनसँग जोडिएको थियो।
फेसन शोमा परम्परागत कपडा, मौलिक आकृति, सांस्कृतिक प्रतीक र हस्तकलाबाट प्रेरित पहिरन प्रस्तुत गरिएको थियो।
हिमालदेखि प्राचीन मन्दिरसम्मका नेपाली सम्पदालाई आधुनिक डिजाइनमा समेट्दै परम्परा र नवीनताको संयोजन देखाउने प्रयास गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम नमूना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत २१औं ब्याचका स्नातक डिजाइनरहरूले आयोजना तथा व्यवस्थापन गरेका हुन्।
-1791649224.jpg)
-1791649226.jpg)
-1791649226.jpg)
-1791649226.jpg)
-1791649226.jpg)
-1791649225.jpg)
-1791649225.jpg)
-1791649225.jpg)
-1791649225.jpg)
-1791649225.jpg)
-1791649224.jpg)
-1791649224.jpg)
-1791649224.jpg)
-1791649224.jpg)
-1791649224.jpg)