भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ (राई) विजयी भएका छन्।
उनले नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका थिए।
धारा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका दौलथले जित हात पारेका हुन्।
साल्पासिलिछोको निर्वाचन अधिकृत माधवप्रसाद ढकालका अनुसार धारा चुनाव चिह्नमा दौलथले १८१४ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश राईले १७८६ मत प्राप्त गरे भने एमालेका उम्मेदवार शान्तिबहादुर अधिकारीले १३८३ मत प्राप्त गरे।
उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई विजयी भएकी छिन्।
उनले १८६२ मत प्राप्त गरिन्।
उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रीता घलेले १५८० मत प्राप्त गरिन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, २०:२८:००