गायिका प्रविशा अधिकारीले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी छन्। प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भइरहेको छ।
वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको छ।
‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन्।
प्रविशासँग विवाह गर्नकै लागि निर्माण केही समय अगाडि नेपाल आएका हुन्।
प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।