खेल सुरू भएको ५ मिनेटमा नै फ्रिकिकबाट गोल खाएर पछाडी परेको क्रोएशियाले इङ्ल्याण्डविरूद्ध बराबरी गोल फर्काएको छ।
क्रोएशियाका लागि सो गोल खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले गरेका हुन्।
रसियामा जारी खेलमा इङ्ल्याण्डका लागि पहिलो गोल ट्रिपियरले फ्रिककबाट गरेका थिए।
यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ।