मेगा बैंकले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ।
आइतबार एक कार्यक्रमबीच बैंकले एटिएम सेवा सञ्चालन गरेको हो।
योसँगै १ सय ३७ स्थानमा बैंकले एटिएम सेवा विस्तार गरेको छ।
स्थापनाको १२ वर्षको अवधिमा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ। यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा र तीन हजार दुई सय भन्दा बढी मेगा रेमिट सञ्जाल छन्।