भाटभटेनी सुपर मार्केटलाई ३ लाख रूपैयाँ जरिवाना गरिएको छ। म्याद सकिएको पानी बेचेको कसुरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनीलाई ३ लाख रूपैयाँ जरिवाना गरेको हो।
शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गरेको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले बताएको छ।