लोमस फर्मास्युटिकल्सले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामाग्री दिएको छ।
कम्पनीका ह्यान्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई सामाग्री प्रदान गरेका हुन् ।
कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।
यसअघि पनि आफूहरुले विभिन्न संघसंस्थाहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ ।
उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकत्ताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए ।