आइएमइ को–अपरेटिभ सर्भिस सम्मानित भएको छ। आर्थिक वर्ष २०७६/०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको हो।
सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आइएमइको–अपरेटिभलाई सम्मान प्रदान गरिएको थियो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान गरेकि हुन्।