कविता
घर भित्रै बस भाइ बहिनी हो,कोरोनाको डर छ
साबुन पानीले मिचिमिची हात धोए कोरोना कहाँ सर्छ ?
मास्क लगाऊ, नानी बाबु नत्र कोरोना सर्ला,
अटेर गरी घरबाट निस्किँदा पछि पछुताउनु पर्ला ।
जथाभावी नथुक्नुहोस् बाबा,कोरोना सर्न सक्छ,
र्यापिड टेस्ट नगरिकन बस्दा कोरोना शरीर मै बस्छ।
कुहिनाले मुख छोपी ह्याछ्यूँ गर्नुस् आमा ! नत्र कोरोना सर्छ !
आफूलाई मात्र होइन,कोरोनाले अरुलाई पनि असर गर्छ
साबुनपानीले मिचिमिची हात धोऊ भाइ!
२ मिनेटसम्म हात धोइ कोरोनालाई गर बाइ बाइ !
तरकारी र फलफूल बाट कोरोना सर्दैन साथी !
तर पनि पखालेर घाममा सुकाउँदा जाती ।
दूधको प्याकेटलाई पनि पानीले धुनुहोस् दिदी!
कोरोनाबाट जोगिन लाई यी हुन सरल विधि!
सय डिग्री भन्दा माथि ज्वरो आइ घाँटी दुख्यो भने,
सास फेर्न गाह्रो भए तुरुन्त अस्पताल जाने ।
कोरोना भाइरस लाग्दैमा मानिस मर्ने होइन,
तर रोग लुकाइ उपचार नगरे भन्न सकिँदैन ।
भीडभाड,जात्रा,मेला-मन्दिर अहिले जानु हुन्न,
२ मिटर पर बसी सामाजिक दूरी राखे कोरोनाले छुन्न ।
बाहिरबाट घर आउँदा स्यानिटाइजर हातमा लगाऊ,
महामारी कोरोनालाई यसरी नै भगाऊ ।
लहैलहैमा लागेर घरबाट बाहिर नजाऊ,
सबै जना सतर्क भएर कोरोना लाई भगाऔं ।