नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेकी छन्।
सोमबार राजदूत यान्छीले परराष्ट्र मन्त्रीलाई भेटेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार उनीहरूले नेपाल र चीनबीचका विभिन्न मुद्दामा कुराकानी गरेका थिए।
त्यस्तै, उनीहरूबीच खोपबारे पनि छलफल गरेको मन्त्रालयले जनाएको छ।