बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको शनिबार बिहान राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।
श्वासप्रस्वास, निमोनिया तथा उच्च ज्वरोपछि अस्पतालको आइसियूमा उपचार भइरहेका उनको शनिबार बिहान १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार यो सँगै रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।