अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका पत्रकारहरूले बाँकी तलबभत्ता भुक्तानी र अवकाशपछिको सेवा सुविधा दिलाइदिन माग गर्दै सूचना तथा प्रशारण विभागमा निवेदन दिएका छन्।
पत्रकारहरू रामकृष्ण अधिकारी, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, उमा बिष्ट, माधव छिनाल, विनय बञ्जारा, दीपककुमार घिमिरेले सोमबार विभागमा निवेदन दिएका हुन्।
उनीहरूले २०७६ साल चैत महिना देखिको तलबभत्ता भुक्तानी हुन अझै बाँकी रहेको बताएका छन्। पत्रकारहरूले गत चैत ३ मा सामुहिक राजीनामा दिएका थिए। गत वैशाख २ मा उक्त राजीनामा स्वीकृत भएको थियो।
यसअघि अन्नपूर्ण पोस्टले पत्रिका वैशाख तेस्रो सातादेखि बन्द हुन सक्ने र अनलाइन चलाउने बताएको थियो। व्यवस्थापनले पत्रिका बन्द हुने भनेपछि पत्रकारहरूले राजीनामा दिएका थिए।
आफूले काम गरेको बेलाको तलबभत्ता नै लिन बाँकी रहेकोले दिलाइदिन माग गर्दै राजीनामा दिइसकेका पत्रकारहरूले विभागमा निवेदन दिएका हुन्।
यस्तो छ पत्र: