सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेको छ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कामु प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस पठाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ।
शर्मालाई साउन २५ गतेदेखि कामुप्रधान सेनापति बनाउन लागिएको छ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।