प्रहरीले बाराबाट ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ का ४१ वर्षीय रुकबहादुर रुम्बा छन्।
बा३७प ९६८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले शुक्रबार दिउँसो पूर्व-पश्चिम राजमार्ग नजिकैबाट पक्राउ गरेको हो।
काठघाट जाने सडकमा पुग्दा गाँजा बोकेर हिँडिरहेकाहरू फरार भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
त्यसरी भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।