पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आइतबार एक दिने योग शिविरको आयोजना गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको उक्त योग शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थिति थियो।
योग शिविरपछि बाबा रामदेवलाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मन्त्री आलेले रामदेवले मायाको चिनो दिएका थिए।
नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ।
योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए।
योग शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रामदेव बिहीबार नेपाल आएका हुन् ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)