स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२७ ठमेलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिए।
चीनको हुआन घर भई ठमेलमा होटल व्यवसायी गर्दै आएका ५३ वर्षीय तान जियाङ पक्राउ परेका हुन्।
उनीबाट १० लाख रुपैयाँ स्रोत नखुलेको नगद पनि बरामद भएको छ।
थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।