देशको संघीय राजधानी काठमाडौं सहर सधैं व्यस्त अनि हतारमा देखिन्छ।
यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ। बेथिति चपेटमा मानिसको दैनिक जीवनमात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ। मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन।
राजधानी सडकका हरेक पेटी हरियो बनेका छन्। राता, पहेंला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन्।
त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ। उपत्यकाको विभिन्न स्थान पुगेर न्युज एजेन्सी नेपालले यिनै सुन्दर हरियाली पेटीहरूलाई आफ्नो क्यामेरामा कैद गरेको छ।
महानगरका सबै बेवास्ता सहेर हरियाली बन्दै गरेको सडकपेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा।