वर्षासँगै आएको लेदोले अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति करिब २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।
लेदो हटाएपछि आज बिहानदेखि सडक दुइतर्फी पुनः सञ्चालन गरिएको हो।
सडकमा झरेको लेदो हटाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।