कैलालीमा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ।
भजनी नगरपालिका–३ कुडी चोकमा से.२ त १०२० नम्बरको ट्र्याक्टर आइतबार राति दुर्घटना भएको थियो।
ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्र्याक्टर चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।