कैलालीमा ठगीमा संलग्न भएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
टीकापुरबाट ग्लोबल ओरियन्स प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।
फेसबुकबाट चिनजान गरी पुस १५ गते विभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का ३३ वर्षीय लालवीर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० वर्षीय डेकेन्द्रबहादुर विक, सोही ठाउँका १९ वर्षीय रवीन्द्र बोहरा, १८ वर्षीय भरेश शाही छन्।
यस्तै, दैलेख दुल्लु नगरपालिका–९ का १९ वर्षीय खगेन्द्र जैशी आठबिस नगरपालिका–१ का २५ वर्षीय जितेन्द्र बिक, सोही ठाउँका २३ वर्षीय दुर्गा विक र सोही नगरपालिकाको ३ का २० वर्षीय वर्षा बडुवाललाई प्रहरी ठगी संलग्न रहेको भन्दै पक्राउ गरेको हो।