नेपालमा जातजातिको संख्या १४२ पुगेको छ।
जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो।
जनगणना २०६८ मा १२५ जातजाति थिए।
जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ।
जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ।
जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिंगअनुसारको जनसंख्या सार्वजनिक गरिएको तथ्यांक कार्यालयले जनाएको छ।