आइपिएल टिम चेन्नई सुपरकिंग्सका ड्वायन ब्राभोले आइपिएल २०२० का बाँकी खेल गुमाउने भएका छन्।
कम्मर र तीघ्रा बीचको भागमा चोट लागेका कारण उनी आइपिएल २०२० बाट बाहिरिएका हुन्। चोट लागेसँगै उनी युएईमा भइरहेको प्रतियोगिता छाडेर बिहीबार स्वदेश फर्कनेछन्।
चार दिनअघि दिल्ली क्यापिटल्सविरुद्धको खेलमा उनी घाइते भएका थिए।
तीन ओभर बलिङ गरेपछि ब्राभो घाइते हुँदा चेन्नईले अन्तिम ओभरमा रविन्द्र जडेजालाई बलिङ गर्ने मौका दिएको थियो। जसमा जडेजाविरुद्ध दिल्लीले १७ रन प्रहार गरेर खेल जितेको थियो।
ब्राभोले गत सोमबार भएको राजस्थान रोयल्सविरुद्धको खेल खेलेका थिएनन्।
ब्राभोको चोट निको हुन कम्तिमा २ साता लाग्ने बताइएको छ।
यसअघि ब्राभोले सिजनको सुरुमा पनि घुँडाको चोटका कारण खेलेका थिएनन्।
उनले सिजनमा चेन्नईका लागि ६ खेल खेल्दा ६ विकेट लिए।
ब्राभो टी-२० क्रिकेटमा ५ सय विकेट लिने पहिलो बलर हुन्।
३७ वर्षीय ब्राभोले सिजनको सिपिएलका दौरान टी-२० क्रिकेटमा ५ सय विकेट पूरा गरेका थिए।