युरो २०२० अघि भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३-० गोलले पराजित गर्यो।
फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले खेलको २९ मिनेटमा पहिलो गोल गरे।
बाँकी दुई गोल ओलिभर जिरुडले गरे। उनले अन्तिम सात मिनेटमा दुई गोल गरे।
८३ मिनेटमा पभार्डको पासमा जिरुडले फ्रान्सको अग्रता दोब्बर पारेका थिए।
अन्तिम मिनेटमा जिरुडले टिमका लागि तेस्रो गोल गरे। यसपटक उनलाई बेन येडरले पास दिए।
युरो २०२० मा फ्रान्स समूह 'एफ' मा छ। यो समूहमा फ्रान्ससँगै जर्मनी, पोर्चुगल र हंगेरी छन्।
फ्रान्सले युरोको पहिलो खेलमा जुन १५ मा जर्मनीसँग खेल्नेछ।