बैंकहरुले निक्षेप तान्नका लागि ग्राहकलाई कुनै पनि उपहार दिन नपाउने भएका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै सुन, चाँदीका सिक्का लगायत कुनै पनि उपहारहरु प्रदान गर्न पाइने छैन भनेको छ।
ग्राहकलाई दिने बचत खाताको व्याजमा भद्र सहमति गरेर बसेका बैंकहरुले अरु बाटो अर्थात विभिन्न उपहारहरु दिएर आकर्षित गर्न खोजेसँगै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।
यद्यपी खाता खोल्नका लागि यसअघि ल्याइएको ‘हरेक नेपालीको बैंक खाता अभियान’ अन्तर्गत खातामै सीमित रकम गरिदिने व्यवस्था भने यथावत रहनेछ।