एन आई सी एशिया बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रा. लि बिच सम्झौता भएको छ। सम्झौता अनुरूप बैङ्कका ग्राहकले क्युआर प्राली अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरमा मोबाइल बैंक एप प्रयोग गरी क्युआरमार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५ सयसम्म छुट पाउने छन्।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रा. लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर हस्ताक्षर गरेका छन्।
बैङ्कका अनुसार यो योजना आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने छ।
बैंकको मुलुकभर ३ सय १ शाखा कार्यालयहरु, ३ सय ५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित कार्यालय रहेका छन्।