एनआइसी एशिया बैंकले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो १०९औं विस्तारित बैंकिङ सेवाको सुरुवात गरेको छ।
बैंकिङ सेवाको उद्धघाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर काकीले गरे।
मंगलबार आयोजित त्यस कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारी तथा बैंकका पदाधिकारीको उपस्थिती थियो।
यस बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।