एनआइसी एशिया बैंक लिमिटेडले चालु आव २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले बताएको छ। चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत (३८ करोड) ले वृद्धि गरी ३ अर्ब ६० करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकको भनाइ छ।
यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत (२६ करोड) को वृद्धि सहित २ अर्ब ५० करोड खुद मुनाफा प्राप्त गरेको छ।
गत वर्षको सोही अवधीको खुद मुनाफा २ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्ब रुपैयाँले वृद्धि गरी १७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी १९६ अर्ब पुर्याउन बैंक सफल भएको छ।
यस बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।