सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ।
‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो।
सम्झौताअनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकहरुलाई यस प्ल्याटफर्म मार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ। साथै एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ।
‘क्वीक भुक्तानी’ अनलाईन प्लाटफर्म हो। जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउँछ।
आपूर्तिकर्ता (सप्लायर्स)हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ।
सप्लायरले, यो प्ल्याटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ। र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ।
यसरी सप्लायर्सलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ। पछि तोकिएको मितिमा बिलको सम्पुर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ।
अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै लाभदायक हुने विश्वास सिद्धार्थ बैंक तथा एफवान सफ्टले लिएको छ।