मुक्तिनाथ विकास बैंकले धनगढी उप–महानगरपालिकामा रहेको बसपार्कका लागि पानी ट्याङ्की दिएको छ।
ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई प्रदान गरे।
यो बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने हुँदा उनीहरुको सहजताका लागि पिउने पानी ट्याङकी दिइएको बैंकको भनाइ छ।
बैंकले ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदैं आएको छ।