नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्।
समितिको आज बसेको बैठकले बैंकर पौडेललाई अध्यक्षमा चयन गरेको हो। २०७४ मंसिर १५ देखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौडेल अध्यक्ष बनाइएको हो।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल यसअघि वाणिज्य बैंककै प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।