यो साता नेप्से परिसूचक ४९.१ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार बजार खुल्दा नेप्से परिसूचक ३०.८९ अंकले घटेर २,५१३.४१ पुगेको थियो। तर बिहीबार बजार बन्द हुँदा परिसूचक ३५.६६ अंकले बढेर २,४६४.३१ पुगे पनि समग्र बजार घटेको हो।
साताको चार दिन नेप्से घट्यो भने एक दिन मात्रै सेयर बजार बढेको हो। आइतबार, सोमबार, मंगलबार र बुधबार सेयर बजार बजार घटेको थियो। सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार भने बजार बढ्यो।
पहिलो दिन आइतबार १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ १८ पैसाको कारोबार भएको थियो। यो साताको बजार बन्द हुँदा बिहीबार २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ ५३ पैसाको कारोबार भयो।
पहिलो दिन आइतबार ३०.८९ अंकले घटेको परिसूचक सोमबार १५.९४ अंकले घट्यो। त्यस्तै, मंगलबार सेयर बजार परिसूचक ४६.४६ अंकले घटेर २,४५२.०६ पुग्यो। बुधबार पनि बजार २३.३२ अंकले घटेर २,४२८.७५ पुग्यो। नेप्से कारोबारको अन्तिम दिन बिहीबार भने सेयर बजारको परिसूचक ३५.६६ अंकले बढेर २,४६४.३१ पुगेको हो।
आइतबार २२५ कम्पनीको कारोबार भएको थियो। सोमबार भने २२६ कम्पनीको कारोबार भयो भने मंगलबार कारोबार गर्ने कम्पनीको संख्या बढेर २२८ वटा पुग्यो। त्यस्तै, बुधबार कारोबारमा आउने कम्पनी संख्या पुन घटेर २२६ पुगेको थियो। बिहीबार पनि कारोबार गर्ने कम्पनी संख्या घटेको हो। बिहीबार जम्मा २२४ कम्पनीको सेयर किनबेच भयो।
यो साता बजार दिनहुँ घट्दा कारोबार रकममा पनि असर देखिएको छ। आइतबार ३२ लाख ५३ हजार ८१६ सेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ १८ पैसाको कारोबार भएको थियो। यो साताको बजार बन्द हुँदा बिहीबार ५४ लाख ४४ हजार ७३८ सेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ ५३ पैसाको कारोबार भयो।
सोमबार बजार घटेको दिन जम्मा १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो। त्यस्तै, मंगलबार भने कारोबार रकम बढेर २ अर्ब ६७ करोड १२ लाख रुपैयाँको पुग्यो। बुधबार जम्मा ४३ लाख ७९ हजार ४२ सेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख रुपैयाँको कारोबार भयो।
आइतबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको थियो। इमर्जिङ नेपाल लिमिटेडको र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको थियो।
सोमबार पनि राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो। इमर्जिङ नेपाल लिमिटेडको सेयर भने ९.१२ प्रतिशतले बढेको थियो।
मंगलबार समेत राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो। बुधबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको थियो। योबाहेक अन्य संस्थाको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढेको थियो।
बिहीबार बजार बढेको दिन हिमालयन पावर पार्टनर र राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको थियो।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभरिमा धेरै कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, एनटिसी, अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्टलगायत पर्छन्।