स्थानीय तहको चुनावपछि खुलेको बजार एकैदिन ८४.९० अंकले घटेको छ। मंगलबार बजार घटेर २,२६५.५२ विन्दुमा पुगेको छ।
निर्वाचनका कारण बैंकिङ प्रणालीमा रकम भित्रिने अपेक्षामा रहेका लगानीकर्ताहरू हतास हुँदा बजार घटेको हो। यद्यपि बैंकिङ प्रणालीमा पुँजी भित्रिएको वा नभित्रिएको भन्ने तथ्यांकहरू सार्वजनिक भएका छैनन्।
बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो साता कारोबार रकम दुई अर्ब माथि पुगेकोमा आज कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रूपैयाँमा सिमित छ।
आज जम्मा २२१ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा ३५ लाख ९५ हजार ७४८ सेयर किनबेच भएको छ।
आज ८ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने २०८ वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ वटै उपसमूहहरूको नकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै अन्यको ६.०१ प्रतिशत, फाइनान्सको ५.७५ प्रतिशत र हाइड्रोपावरको ५.२८ प्रतिशतले घटेको हो।
मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.९६ प्रतिशतले मात्र मूल्य वृद्धि भएको छ।
गत साता बजार बन्दा हुँदा बिहीबारसम्म सकारात्मक सर्किट लागेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भने कारोबार रकमको आधारमा सबैभन्दा धेरै कारोबार भएको छ। संस्थाको ९ करोड ७९ लाख ९ हजार रूपैयाँको कारोबार भएको हो।
आज यसको प्रति सेयर कारोबार मूल्य दुई हजार दुई सय ७० रूपैयाँ पुगेको छ। गत बिहीबार दुई हजार चार सय ४८ रूपैयाँ पुगेर सर्किट ब्रेक लागेको थियो।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थापछि सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६९ लाख ५१ हजार रूपैयाँ, सानिमा माइँ हाइड्रोपावरको ५ करोड ५६ लाख ३४ हजार रूपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५२ लाख ६५ हजार रूपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ५ करोड १९ लाख ७२ हजार रूपैयाँको कारोबार भएको छ।